(2010-2012)
President: Gyanendra Gadal
Sr. V. President: K. Bajgai
Regional Vice-President
Europe:Jaya Laxmi Rai
Asia: Poonam Chhetri
Africa:Ranjana Udas
America:Ananta Risal
Gen. Secretary: Gita Khatri
Secretary: H. P. Manandhar
Treasurer: Krisu Chhetri
Executive Members
Hom B. Chhetri
Basudev Sharma
Gopikrishna Kafle
विश्वब्यापी बेभ-भिडियो कन्फेरेन्स प्रथम कविता गोष्ठी
संयोजक समिति २०११
प्रमुख संयोजक
डा. शिव गैातम, बोस्टन, अमेरिका
ई.कुसुम ज्ञवाली, टोरन्टो, क्यानडा
सदश्यहरू
रन्जना उदास (अफ्रिका)
अनन्त रिसाल (न्यूजर्सी, अमेरिका)
पुनम क्षेत्री (जापान)
डा. रूपक श्रेष्ठ (बेलायत)
भिम कार्की (टेक्सास, अमेरिका)
विमल नेपाल (फ्लोरिडा, अमेरिका)
भुवनेश्वर शर्मा (अस्ट्रेलिया)
कृष्ण बजगाइ (बेल्जियम)
प्रकाश नेपाल (भर्जिनिया, अमेरिका)
विरही रिजाल (यु.ए.इ.)
पदम विश्वकर्मा (कोलोराडो, अमेरिका)
रमेश रानाभाट (चीन)
ज्योति पैाडेल (न्यूयोर्क, अमेरिका)
राधेश्याम लेकाली (नेपाल)
परिपत्र
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले यहि जुलाई १७, २०११ का दिन आयोजना गर्न लागेको विश्वब्यापी वेभ-भिडियो कन्फेरेन्स प्रथम कविता-गोष्ठी यहाँहरुलाई बिदितै छ | उक्त गोष्ठीमा सहभागी भै कविता बाचन गराउन प्रत्येक च्याप्टरले एक–एक जना उत्कृष्ठ कविता सहित कवि/कवयित्रीको नाम छनोट गरी आयोजकलाई पठाउन त्यहाँको च्याप्टरलाई अनुरोध गर्दछौं । सो सम्बन्धी मुख्य नियमहरु निम्नानुसार रहेका छन् -
1. प्रत्येक च्याप्टरबाट सम्मेलनमा एकजनाको मात्र कविता समावेश गरिनेछ, सो छनोट गर्ने जिम्मा सम्बन्धित च्याप्टरलाई नै दिइनेछ । गोष्ठीमा एक जनाले एउटा मात्र कविता सहभागी गराउन पाइनेछ र कविता बाचन गर्न कवि स्वयं उपस्थित हुनु पर्नेछ।
2. च्याप्टरबाट छनोट भै आएका कविताहरु बाहेक अनुकूलता हेरी केही प्रतिनिधी कविताहरु पनि यस महासम्मेलनमा सहभागि गराइनेछ । ती विभिन्न क्षेत्रका प्रतिनीधि कविता छनोट अनेसासले नै गर्नेछ।
3. कविता छन्द वा गद्य शैलीमा लेखिएको १५० भन्दा कम शब्द संख्या भएको हुनुपर्नेछ। सो भन्दा बढी भएमा छनोट गरिने छैन।
4. कविता जातीय सद्भाव र श्लील सामाजिक सद्भावमा प्रतिकूल प्रभाव पर्ने हुनु हुदैन। यदि यस्तो देखिएमा आयोजक समितिले त्यस्ता कवितालाई सम्मेलनमा सहभागी गराउने छैन ।
5. कविता वाचनका लागि दुई मिनेट समय निर्धारण गरिएको छ। त्यसैले सहभागी कवि/कवयित्रीज्यूहरुलाई सो समय–सीमा पालनाका लागि प्रयाप्त अभ्यास गर्न अनुरोध गर्दछैा। निर्धारित समय सकिनासाथ स्वतः प्रत्यक्ष प्रसारणको सम्पर्क विच्छेद गरिने हुँदा यस प्रति विशेष सजग हुन समेत सबैलाई अनुरोध गरिएको छ।
6. गोष्ठी सम्पन्न हुने मिति जुलाइ १७, २०११ भन्दा दुई हप्ता अगावै अर्थात जुन ३०, २०११ सम्ममा सहभागी हुने कविता आयोजक समितिमा इमेल मार्फत प्राप्त भइसक्नुपर्नेछ। अनलाइनमा कसरी कविता वाचन गर्ने भन्ने प्रकृया र तयारीको जानकारी इमेल मार्फत नै सबै सहभागीहरुलाई उपलव्ध गराइनेछ।
7. कविता नेपाली भाषामा लेखिएको हालसम्म अप्रकाशित तथा नयाँ हुनुपर्नेछ । कविता युनिकोडको मंगल फन्ट वा नेपालीको प्रीति फन्टमा टाइप गरी पठाउनु पर्नेछ।
8. पाठकहरुको प्रतिक्रिया लेख्न मिल्नेगरी सम्मेलनमा सहभागि कविताहरु वेभसाइटमा पनि राखिने छ।
9. सम्मेलनमा सहभागी भै कविता वाचन गर्ने कवि तथा कवयित्रीहरुलाई स–सम्मान प्रमाणपत्र प्रदान गरिनेछ।
10. उक्त सम्मेलन सम्बन्धी अन्य कुनै प्राविधिक जानकारी/सहयोग आवश्यक भएमा श्री कुसुम ज्ञवालीसंग इमेल मार्फत thekusum@gmail.com वा फोनमार्फत +1 649677396 मा सर्म्पक गर्न सक्नुहुनेछ।
प्रमुख संयोजकहरू
डा. शिव गैातम, बोष्टन, अमेरिका
फोनः 6175581084
ई.कुसुम ज्ञवाली
, टोरन्टो, क्यानfडाफोनः 6479677396
भवदिय,
डा. शिव गैातम ई.कुसुम ज्ञवाली
No comments:
Post a Comment